Logo

विविध

२०७६ साल साउन १४ गते मंगलबारको राशिफल



वि.सं.२०७६ साल साउन १४ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि त्रयोदशी,१८ घडी ०१ पला ,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र आद्रा,२५ घडी ५१ पला,दिउसो ०३ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग हर्षण,४३ घडी २८ पला,बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त बज्र । करण वणिज,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ४९ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा चर योग । चन्द्रराशि मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३७ पला । घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग चस्ह्रे पूजा)।

मेष राशि

दाजुभाई तथा छिमेकीसँग मनमुटाब बढ्ने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानि न्युन हुनेछ । बिवाद तथा हुलमुलमा सामेल नहुनुनै राम्रो रहेकोछ ।

अदालती निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बाधा अवरोधको सामना गर्नुपर्नेछ । प्रेममा प्रशंगमा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

बृष राशि

बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मि तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाई लेखाईमा आत्तिनेबानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ ।

परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउँदै बढ्न सकिनेछ । व्यापारमा मन्दि आउँनेछ ।

मिथुन राशि

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ ।

अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय बाताबरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।

कर्कट राशि

आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला ।

स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

सिहं राशि

प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानिमा बृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

अग्रज तथा बुवाबाट गाईडलाईन प्राप्त हुनाले अग्रगामि छलाङ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ ।

कन्या राशि

राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछैन भने सामाजिक कामहरु समयमा सम्पादन नहुदा जनताको आलोचना सहनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ ।

स्वास्थ्यले साथ नदिने हुदा काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाब बढ्ने योग रहेकोछ । आफन्त तथा बुवा सरहका व्याक्तिसँग मनमुटाब सिर्जना हुनेछ ।

तुला राशि

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक राशि

खानपान तथा मौशमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदिबहिनि सँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ ।

माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउँनेछ ।

धनु राशि

बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानि गर्ने अवसर जुर्नेछ । व्यावसायकै सवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तु प्राप्त हुने योग रहेकोछ ।

माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मकर राशि

न्यायलयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला ।

पढाई लेखाईमा प्रतिष्पर्धिहरुनै हावी हुनेछन् । स्वास्थ्यमा आउँने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ ।

कुम्भ राशि

शरिर अस्वस्थ हुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहनेछैन । भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दि आउँने तथा नयाँ ठाउँमा लगानि नगर्नुनै राम्रो हुनेछ ।

प्रेममा एक अर्कालाई बिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने आउँनेछ । सन्तान तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ ।

मीन राशि

अरुको बिश्वास जिति काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्नेकाममा मन नजादा नतिजा अरुतिरनै जानेछ ।

सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्र्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।