वि.सं.२०७६ साल साउन १५ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई ३१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि चतुर्दशी,१३ घडी ३८ पला ,बिहान १० बजेर ५४ मिनेट उप्रान्त औंशी । नक्षत्र पुनर्वशु,२३ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त तिष्य । योग बज्र,३७ घडी ०४ पला,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त व्यातिपात । करण शकुनी,बिहान १० बजेर ५४ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा गद योग । चन्द्रराशि मिथुन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३४ पला । दर्शश्राद्ध। निशि बार्ने औंसी।
मेष राशि
राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।
अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।
बृष राशि
पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरि लगानि बढाउँन सकिनेछ ।
सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले खानपान तथा आहार बिहारमा ध्यान दिनुहोला ।
मिथुन राशि
बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित गर्न सकिनेछ । समाजमा प्रशंसकहरु बढ्नेछन् भने मेहनेतले सम्मानित स्थान दिलाउँनेछ । पारिवारीक माहोलमा समय बित्ने हुँदा मन खुसि हुनेछ ।
मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आट गर्न नसक्दा हातमै आईसकेको काम अरुकै पोल्टोमा पर्नेछ । सानो कामलाई पनि प्रशस्त समय लाग्ने योग रहेकोछ ।
कर्कट राशि
बिहानको समयमा लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । मध्यान्हबाट राजनिति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।
सिहं राशि
बिहानको समय राम्रो रहेकोले नोकरि तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृड हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तापनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कन्या राशि
काम गर्ने थुप्रै बाटाहरु भेटिनेछन् भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । सिमित साधन स्रोतको परिचालन गरि असिमित आवस्यक्ताहरु परिपुर्तिक गर्न सकिनछ ।
माया प्रेमको डोरो कसिलो हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पैत्रिक सम्पतीको प्रयाग गर्दा ध्यान दिनुहोला ।
तुला राशि
सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा लागनिका प्रश्ताव आउँने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ ।
पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालवा लामो दुरिको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । बिहानको समयमा लामो धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ ।
बृश्चिक राशि
समयको महत्व बुझेर अगाडि बढ्दा चाहेको गन्तब्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनि काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ ।
खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दि आएपनि दैनिकि प्रभावित हुनेछैन ।
धनु राशि
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउँने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
मकर राशि
व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ ।
अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । बिहानीपख समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
कुम्भ राशि
सत्रुमाथि बिजय गर्न सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् । पढाइ लेखाईमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण सकिने तथा रोगहरु बिशेक भएर जानेछ ।
आफन्त तथा मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । लामो समय सम्म आम्दानि भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले पढाइ लेखाई प्रभावित हुन सक्छ ।
मीन राशि
अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । व्यापारमा लगानि गर्नको लागि केही समय पर्खनु राम्रो हुनेछ ।
भौतिक सम्पति तथा उपाहार प्राप्तीको योेग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।तपाईको दिन शुभ रहोस् ।



















प्रतिक्रिया