Logo

समाचार

थाइल्याण्डमा पदक विजेता कराँते खेलाडीलाई सम्मान



एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले हालै थाइल्याण्डमा सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिप नेपालकोा प्रतिनिधित्व गरेर पदक जित्ने खेलाडीलाई आइतबार काठमाडौंमा नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा स्वर्णपदक जित्न सफल सबिना श्रेष्ठ, रजतपदक विजेता सोमी राई तथा कास्यपदक विजेताहरू राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरियो ।

पदक विजेताहरु श्रेष्ठ, राई, रसाईली र लामिछानेलाई जनही क्रमशः ७, ५, ४ हजार नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । सो अवसरमा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले एक्सपर्टले एजुकेशनले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे ।

कार्यक्रममा काठमाडौंं महानगरपालिका–३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका–७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायत उपस्थिति रहेको थियो । अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पाँच वर्षयता क्रिकेट, फुटबल कराँते अन्य खेलाडीहरूको क्षमता विकासमा एक्सपर्टले सहयोग गर्दै आइरहेको बताउँदै यसलाई आगामी दिनमा जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । सम्मानित खेलाडीहरूले राज्यले चासो नदिइरहेको अवस्थामा एक्सपर्ट एजुकेशनले गरेको सम्मानबाट आफूहरुलाई खुशी लागेको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।