नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड / सानोठिमी, भक्तपुर २०७६ सालको कक्षा १२ को ग्रेड वृदि पूरक परीक्षा सञ्चालनसम्बन्धी सूचना…
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई मिति २०७६/०४/१३ गते प्रकाशित नतिजामा तपसिलमा उल्लिखित मापदण्ड पूरा गरेका परीक्षार्थीहरूलाई बढीमा दुई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुँदा त्यस्ता परीक्षार्थीहरूले सम्वन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्नबमोजिमका स्थानहरूमा विद्यालयमार्फत् मिति २०७६ भदौ २ गतेभित्र रकम बुझाई मिति २०७६ भदौ ५ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ।
तपसिल
ग्रेड वृदि परीक्षामा सहभागी हुन पाउने आधारहरूः
अन्य सवै विषयमा C% वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा मात्र C वा D+ ग्रेड प्राप्त
गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन् ।
अन्य सवै विषयमा D+ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् ।
परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।
शैक्षिक योग्यताको प्रमाणपत्र (TMP) लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ।
ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००/- (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ ।
परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा website बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिटालेजर संलग्न गर्नु पर्नेछ ।
फाराम बुझाउने सम्बन्धित कार्यालयहरुः
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ।
खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा।
सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन | कार्यालय, जनकपुर, धनुषा ।
चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर ।
रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं ।
गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की । ७, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले | राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही ।
प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ ।
बाँके र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाँके ।
दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले | राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत ।
कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली ।
बाजुरा, बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय | परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा ।
पुणश्वः । राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूले समेत यसै सूचनालाई आधार मानी आ-आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई माथि उल्लेख गरे बमोजिम गरी/गराई परीक्षा आवेदन फारमको कम्प्युटर प्रविष्टिसम्बन्धी कार्य सम्पन्न गरी मिति २०७६/०५/०९ गतेभित्र परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) सानोठिमीमा जानकारी गराउनु हुन अनुरोध छ । – परीक्षा नियन्त्रक
४/३ बर्षे स्नातक तह प्रथम वर्षको भदौ २० गतेको परीक्षामा सामेल हुन यो एक दिन फारम भर्न पाईने
काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ साल भदौ २० गतेदेखि संचालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ३र४ वर्षे स्नातक तह प्रथम वर्षका क्याम्पसका तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको छ भने
त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित २०७६र०५२ गते भित्र परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६/०५-४ गते भित्र आवश्यक प्रक्रिया पन्याई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्ने छ र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुर सहित २०७६/०५-२ गते सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक प्रक्रिया पुयाई परीक्षा आवेदन फारम भरी बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
स्नातक तह प्रथम वर्षको साउन ८ गते प्रकाशित परीक्षा तालिका (रुटीन) मा हेरफेर सम्बन्धी सूचना
काठमाडौ । स्नातक तह प्रथम वर्षको सम्बन्धित परीक्षार्थीहरुको लागि अत्यन्त जरुरी सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०४६ साउन ८ गतेको गोरखापत्रमा प्रकाशित स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सम्बन्धी सूचनामा निम्न विषयहरु छुट भएकोले निम्नानुसार हुने व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ ।
१) स्नातक तह बि. ए. प्रथम वर्षको Music-401 विषयको परीक्षा २०७६ भदौ २५ गते सञ्चालन गर्ने ।
२) स्नातक तह बि. ए. प्रथम वर्षको M. Home Science-311 विषयको परीक्षा २०७६ भदौ २९ गते सञ्चालन गर्ने ।
३) स्नातक तह ४ वर्षे बी.एड. प्रथम वर्षको Minor: Teaching Social Studies-418 विषयको परीक्षा २०७६ असोज ५ गते सञ्चालन गर्ने ।
त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. पौडेल नियुक्त
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा.लालुप्रसाद पौडेलको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले पौडेलको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । यस्तै सदस्यमा हेमराज ढकालको नाम सिफारिस भएको छ ।
सरकारले १४ साउनमा शिक्षामन्त्रीको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारीविहीन थियो ।
पदाधिकारी नहुँदा भदौ ४ देखि असोज १ का लागि तोकिएको विभिन्न विषयका उपप्राध्यापकको परीक्षा अन्योलमा थियो ।
















प्रतिक्रिया