अविरल वर्षासँगै आएको पहिरोले पुरीएर बाग्लुङमा ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउपालिका–४ लाम्मेलामा आइतबार राति १ बजे खसेको पहिरोले तमानखोला गाउँपालिका–४ लामेलाका ५ घर पुरिएका हुन् ।
पहिरोमा स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए ।
उनीहरुको शव निकाली सकिएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए। पहिरोमा परेर ६ जना घाइते छन् ।
घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ । बिहानै देखि स्थानीय बासिन्दा, बुंगादोभानबाट गएको प्रहरी टोलीले उद्धारको काम गरिरहेको वडा अध्यक्ष उदिन छन्त्यालले बताए ।
थप उद्धारका लागि इलाका प्रहरी कार्यालय बुर्तिवाङ देखि प्रहरी टोली घटनास्थल गइरहेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटनामा उद्दार र राहतका लागि जिल्ला प्रशासनलाई पनि आग्रह गरिएको बताए ।




















प्रतिक्रिया