सान्दर्भिक र गजबको कुरो यो छ कि फेसबुकले तमाम मानिसहरुको दिमागलाई धैर्यताबाट पर पुर्याएको अवस्था छ । कतिपय मानिसहरुको घरबार बिग्रिएको छ त हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध यही फेस बुकमार्फत भएको अवस्था छ । नेपाल जस्तो मुलुकमा फेसबुक उपयुक्त छैन ।
किनकी करोडौं नेपाली पैसा फेसबुकमार्फत बाहिर गएको छ । जसले गर्दा नेपाली समाज फेसबुकमार्फत टाट पल्टिने अवस्था आएको छ । ससाना बालबालिकाले कुनै किताब, पत्रपत्रिका र अन्य किताबहरु पढ्ने अवस्था छैन जसको कारण फेसबुक हो । फेसबुककै कारण सृजनात्मक ज्ञानको कमी, अध्यापन क्षमतामा ह्रास आएको छ । फेसबुकले भविष्यमा के कस्ता घटना निम्त्याउँछ भन्ने कुराको सजकता र समाधान नेपाल सरकारले अपनाउन जरुरी छ ।
फेसबुकलाई नेपाल सरकारले निश्चित अवधि तोकेर यसको सदुपयोग गर्नु जरुरी देखिन्छ । म यहाँ धेरै उदाहरणहरु प्रस्तुत गर्न सन्दिन जस्तै विकट गाउँ ठाउँसम्म सञ्चालनमा आएका फेसबुक, म्यासेञ्जरले कयौं मानिसहरु सडकमा छन् । कयौंको सम्बन्ध बिच्छेद तथा बलात्कार जस्ता अनगिन्ती घटनाहरुले समाजमा नकारात्मक असर परेको देखिन्छ ।
सबैजसो मानिषहरु फेसबुकको वाल र म्यासेञ्जरमा केन्द्रित भएका छन् । के फेसबुकमा राखिएकै भरमा सोसल मिडिया सञ्चालन उपयुक्त छ त ? यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक सोच्नु आजको आवश्यकता हो ।
फेसबुकका कतिपय फाईदाहरु पनि होलान् तर नेपाली जनताले सहि सदुपयोग नगर्नु यसको अर्को बेफाईदा हो । समाजमा बस्न पनि गाह्रो भएको अवस्था छ कसरी ? यसको प्रत्युत्तर प्रष्ट छ कुनै एउटा घरमा पाउना गयो भने त्यहाँ एक अर्काबीच कुनै कुरा हुँदैन सवै आ-आफ्नै मोवाईलमा व्यस्त हुन्छन् । उनीहरुबीच कुनै आत्मियता हुँदैन ।
हाम्रो देश धार्मिक सहिष्णुताले भरिपुर्ण देश हो । अहिले फेसबुकले एक अर्काबीच सुमधुर सम्बन्ध नरहने हुँदा धार्मिक सहिष्णुता नै हट्ने अवस्थाको सृजना नहोला भन्न सकिँदैन । फेसबुक मेसेञ्जरले गर्दा मानिसहरुमा कान नसुन्ने, दिमाग बोदो हुने, स्मरण शक्ति कम हुने, एकाेहाेराेपन देखा पर्ने, एकाग्रतामा ध्यान केन्द्रित नहुने जस्ता नकारात्मक समस्याहरु उत्पन्न हुने गर्दछन् ।





















प्रतिक्रिया