Logo

गण्डकी प्रदेश

२ लाख ५८ हजार नगद सहित ४० जना जुवाडे पक्राउ



कास्की प्रहरीले जुवा तास नियन्त्रणको अभियान थालेको छ । प्रहरीले दुई दिनमा जुवा खेल्ने ४० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट जुवा खेल्न राखिएको २ लाख ५८ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पोखराका विभिन्न ठाउँमा जुवा खेल्ने खेलाउने काम भइरहेकाले प्रहरी परिचालन गरेर नियन्त्रण थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रहरीले शनिबार १५ जनालाई पक्राउ गर्नुका साथै जुवा खेल्न प्रयोग गरिएको १ लाख ८३ हजार रुपैयाँसमेत जफत गरेको थियो । यस्तै आइतबार २५ जना पक्राउ परेको र उनीहरुको साथबाट ९३ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप कारवाही अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।