राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेसँगै एक विषयमा अनुत्तिर्ण भएकाले परीक्षार्थीको परीक्षा आगामी कार्तिक ३० गते हुने भएको छ । परीक्षा मंसिर १ मा सक्नेछ ।
बोर्डले गत वैशाख ९ देखि जेठ ८ गतेसम्म लिएको कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
परीक्षामा नियमिततर्फ ३,४९,६०३, ग्रेड वृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए । परीक्षाफल बोर्डको वेबसाइट, टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । परीक्षार्थीले एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्ने जनाएको छ ।




















प्रतिक्रिया