चितवन मेडिकल कलेज (सीएमसी) आफ्नो लुट धन्दाप्रति ग्लानि बनेपछि यता नीजि मेडिकलहरुको नाडी गल्दै गएको छ ।
अवैध शुल्क तिर्दाको हैरानीपछि पीडित विद्यार्थीले भदौ २५ मा सीएमसीमा विद्रोह गरेपछि राज्यको प्रशासनको रोहवरमा असोज ४ मा भएको द्विपक्षीय छलफलपछि सीएमसीले अवैध शुल्कलाई महिना दिनभित्र फिर्ता गर्ने र विद्यार्थीलाई न्याय दिने लिखित सहमति गरेको थियो । त्यसपछि सोही वा अझ बढी अनुपातमा अवैध शुल्क लिइरहेको देशभरका झण्डै ढेड दर्जन निजी मेडिकलहरुको मुटुमा ढ्याङ्ग्रोमा बजेकै हो ।
त्यसपछि ति कलेज संचालकहरुले चाबी सरकारलाई बुझाउने विगतकै घुर्की दोरहार्याएका छन् । अवैध रुपमा असुलिरहेको शुल्क फिर्ता गरेर पीडित विद्यार्थीलाई न्याय दिने र व्यवसायिक उत्तरदायित्व निर्वाह गर्ने चेत देखाउनुको साटो पुनः बार्गेनिङको घुर्कीलाई अगाडि सारिएको छ । उदाहरणका लागि सरकारले नीजि मेडिकलहरुले एमबीबीएसका विद्यार्थीसँग उपत्यकाभित्र ३८ लाख र बाहिर ४२ लाख रुपैयाँसम्म लिन पाइने बाटो खुला राखेको बेलामा उल्टै त्यसमाथि ६ देखि २० लाख रुपैयाँसम्म मनपरी शीर्षक राखेर शुल्क असुल्नु कानूनी रुपमा अपराध कर्म हो । कलेजले अवैध शुल्क असुलिरहेको कुरा सीएमसीका आन्दोलित विद्यार्थी मान्यता थापाले सार्वजनिक भाषणमै खुला गरिसकेकी छन् । त्यसपछि हो कलेजको अवैध धन्दा सार्वजनिक भएको ।
अवैध शुल्कबारे विगतमा आन्दोलन र संघर्ष नभएका होइनन् । त्यो बेला आन्दोलित विद्यार्थी, मुख्यगरी आन्दोलनका नेताहरुलाई कलेजले आर्थिक प्रलोभनमा पारेर बेइमानीमा परिणत गराएर लुट धन्दालाई टसमस हुन नदिन सफलता प्राप्त गर्दै आइरहेकोमा योपटक भने आन्दोनका नेतृत्वबाट बेइमान र धोका नहुनाले पीडितले न्याय पाउने दिशातर्फ आन्दोलन उन्मुख हुन पुगेको छ भने । लुट धन्दा चलाइरहेका सीएमसीजस्ता कलेजसँगको सम्झौता कार्यान्वयन हुनेमा आशा र विश्वास चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थी र अभिभाकहरुमा पलाउन थालेको छ । चिकित्सा शिक्षा क्षेत्रमा बढेको दलाल, माफिया र विचौलियाको बिगबिगी र त्यसप्रति बाम्बार सरकारको ध्यानाकर्षणा गराउन समेत बेवास्ता गर्नाले बिचित्सा शिक्षाका विद्यार्थी वर्षेनि थप पीडित बन्नु परिरहेको यथार्थलाई भत्काउन भदौ पहिलो हप्ताबाट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको अगुवाईमा ‘चिकित्सा शिक्षा सघंर्ष अभियान’ चलाएको थियो ।
अभियानमा सयौं पीडित आवद्ध भई सफलता पुर्याउन उनीहरुले लुटको अखडामा प्रदर्शन, राज्यको गिरफ्तारी, हिरासत, मुद्दा सबै सहन गरे । प्रदर्शनबाटै अभियानका संयोजक एवं जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दसहित ८ छात्रालगायत १८ जना आन्दोलनकारीलाई चितवन प्रहरीले हिरासतमा राख्यो । आन्दोलनले विशाल रुपमा लिँदै गएपछि राज्यले सहजीकरण बाध्य भयो र छलफलमा कलेजको अपराध कर्म छताछुल्ल पोखिए । कर्मप्रति ग्लानि भई बढी लिएको रकम फिर्ता गरिदिने सहमति सीएमसी प्रशासनले गर्यो । सहमति कार्यान्वयन गराउने ध्याउन्नमा प्रदर्शनकारी र राज्य लागिरहेको अवस्था छ ।
गम्भीर रुपले चिन्तन मनन गर्नुपर्ने कुरा छ कि, मेडकल कलेज संचालक पञ्चायतकै चेतमा अवैध शुल्क असुलिरहेका छन् । तर विद्यार्थी कलेजको चेतलाई चिरेर हेर्न सक्ने नयाँ चेतमा पुगिसकेका छन् । त्यसैले समय क्रमसँगै बन्ने सरकारले मात्र नयाँ चेतलाई बुझन सक्छ ।
तर यस्तैबीच बुधबारदेखि देशभरका मेडिकल कलेजका संचालकहरुले कलेज चलाउन कठिन भएको तर्क सादै कलेजको चाबी राज्यलाई बुझाउने बताउनका थालेका छन् । यसमा गम्भीर हुनुपर्ने बेला सरकार र प्रदर्शनकारीको छ । शासन विधि प्रदेश संरचनामा लगिसकेको हुँदा अब व्यवसायको नाममा लुटधन्दा चलाइरहेका कलेजले चलाउन छाडेर चाबी सरकारलाई बुझाउनेबारे साँच्चिकै सोचेको हो भने सरकारले सहर्ष स्वीकार गर्नसक्नुपर्छ । शिक्षा मन्त्रालयले यसको नेतृत्व गर्न भरपुर सक्छ, सक्न ल्याकत सरकारसँग छ भन्ने विश्वास नागरिकमा छ । नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने कुरा जनताको सरकरको पहिलो सर्त हो । यो कुरामा सरकारले खेलवाड गरेकै कारण दलाल र माफियाहरुको बिगबिगी बढेको हो । विद्यार्थीले कानूनको पालना गराउन प्रदर्शनमा उत्रनु परेको हो ।
चाबी सरकारलाई बुझाउने विषय समाजवाद उन्मुख संविधानको जगमा बनेको यो सरकारको लागि निकै सुखद् अवसर हो । किनकि स्कूल शिक्षामा रहेको असंख्या दलाल र माफियाको तुलानामा दुई दर्जन मेडिकल कलेजका नाफाखोरलाई अन्त्य गर्न धेरै सहज विषय हुन्छ । नयाँ संविधानपछि सरकारले केही गर्न नसकिरहेको जनमतबीच यसलाई लिएर कुशल व्यवस्थापन र सामान्य शुल्कमा चिकित्सा शिक्षा नागरिकलाई प्रदान गरेर जनमैत्री सरकार भएको सन्देश दिन सके काल्पनिक भएपछि समाजवादउन्मुख संविधानको अर्थ सरकार पक्षधरलाई तर्क गर्ने स्थान मिल्नेछ ।
यसैबीच सत्तारूढ नेकपा निकट अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले प्रेस विज्ञप्ति नै जारी गरेर निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं संचालन सरकारसँग गर्न आग्रह गरेका छन् । अन्य संगठनहरुले पनि आग्रह जनाएका छन् । विप्लव नेकपाका विद्यार्थी संगठनले नागरिकको शिक्षा र स्वाथ्यको जिम्मा पूरै राज्यले लिनुपर्ने आवाज पहिल्यैदेखि जारी राखिराखेको हो ।
अर्कोतर्फ, तयारी अवस्थाका भौतिक संरचनासहितको नयाँ मेडिकल कलेज स्थापना गर्नुभन्दा भएकालाई ग्रहण गर्नमा आर्थिक भार पनि कम पर्न सक्छ । त्यसनिम्ति मूल्यांकनका आधारमा व्यवहारिक र दलालीमुक्त तरिकाबाट गरिनु जरुरी हुन्छ । बल्ल, कुनैपनि राजनीतिक पक्षधर नागरिक वा नेतृत्वले सरकारको असली चरित्रको भेउ पाउने छन् । नीजि क्षेत्रभन्दा सरकार व्यवस्थापन होस् वा संचालनमा सधैं अगाडि छन् भन्ने सन्देश प्रवाहको संभावनालाई उजागर गरिदिनेछ ।
नीजि क्षेत्रले एमबीबीएस कार्यक्रम काठमाडौं उपत्यकाभित्र नभई बाहिर त्यसपनि दूर्गम क्षेत्रमा जानुपर्ने भनेरै वरिष्ठ चिकित्सक गोविन्द केसीले २० भन्दा बढी खेप आमरण अनसनको आन्दोलन गरिसकेका छन् । नीजि क्षेत्रलाई संचालन अनुमति दिने, तर सरकार आफैं चलाउन तयार नहुने तरिकालाई दलालीकरणको भएको भनेरै त डा. केसीले आमरण अनसन बसेका थिए । त्यसको ठाउँमा आज ठगी गर्ने कलेजभित्रै प्रदर्शन र हडताल गर्ने तहमा विकास भएको छ । न्याय र अधिकारका लागि सत्यग्रह नभई हिरासत र जेलको बाटो रोजेको अवस्थामा आन्दोलन उठेको छ ।
गण्डकी, नोबेल, लुम्बिनी, युनिभर्सल, नेशनल, नेपालगन्ज, विराट, देवदह, मणिपाल, किस्ट, चितवन, नेपाल, जानकाी काठमाडौं लागयत नीजि मेडिकल कलेजहरु ठगी धन्दाको अग्रपंक्ति देखिएको छ । सबैले गरी अहिलेसम्म ३ अर्ब रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथ्य बाहिर आएको छ । तथ्यको उपचार बेलैमा हुन नसके तथ्य नै ठगीविरोधी आन्दोलनमा ‘आगोमा घ्यू’ सावित हुने प्रवल सम्भावना छ ।




















प्रतिक्रिया