हुुप्सेकोट गाउपालिका चार झाँतेका ३६ घरलाई तरकारी खेतीका लागि आवश्यक पर्ने विभिन्न कृषि सामग्री शुक्रवार वितरण गरिएको छ ।
ईसाई समाज नवलपरासी र यु.एम.एन.रुपन्देहीको साझेदारीमा उक्त सामग्री वितरण गरिएको हो । सात जना व्यवसायीक रुपमै तरकारी खेती गर्ने किसानलाई र अन्यलाई करेसाबारी तरकारी खेतीमा सहयोग पुगोस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको ईसाई समाज नवलपरासीकी कार्यक्रम संयोजक गोदावरी काफ्लेले बताईन् ।
प्रतिघरलाई तरकारी टिपेर राख्न क्यारेट एक थान, किरा लाग्दा औषधी छर्कने स्प्रे एक थान , झोलमल बनाउनका लागि एक सय लिटरको एक थान ड्रम , बेर्ना उमार्ने ट्रे दुई थान , बेर्ना उमार्ने भिटामिन सहितको माटो ( कोकोपिट) दुई केजी , पार्ने राख्ने हजारी एक थान , कैची एक थान र काउली , ब्रो काउली , चमसुरको साग , रायोको साग , मुला , गाजर , पालक , मटर , टमाटर , मेथीको बीउ समेत वितरण गरिएको हो । ३६ घरलाई प्रति घर करीब १० हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको काफ्लेले जानकारी दिईन् ।
तरकारी खेतीका लागि झाँतेमा हावापानी र माटो राम्रो रहेकाले यहाँका स्थानीयलाई तरकारी खेतीतर्फ अकर्षित गरेर ब्यवसायीक बनाउने र घरमै प्रयोग हुने तरकारी पनि आफ्नै बारीमा उब्जाएर विषादी रहित तरकारी प्रयोग गर्नका लागि उत्प्रेरित गराउने उदेश्यले संस्थाले यस अधि नै मौसमी तथा वेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको र तालिमलाई सफल बनाउन अहिले सामग्री प्रदान गरिएको काफ्लेले बताईन् । झाँते गाउमा तरकारी खेती गगर्दा कुनै समस्या नपरोस् भनि कृषि प्राविधिक समेत खटाईएको छ । भने , सिंचाईका लागि पक्की कूलो समेत निर्माण भईरहेको छ ।
यहाँ रहेका ४१ घर मिलेर प्रगती बाबा कृषक समूह नै गठन गरेर तरकारी खेती सुरु गरेका छन् । कृषक समूहका अध्यक्ष मान वहादुर गाहा मगरको रोहबरमा उक्त सामग्री वितरण गरिएको थियो ।




















प्रतिक्रिया