नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ ।
नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ । विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन । अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ ।
भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन । पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । बाँकी चिया भारतलगायतका अन्य मुलुकमा बिक्री हुन्छ । नेपालकै ठूलो जमातले तराईको सिटिसी ९क्रस टियर क्रल० चिया पिउनुपर्ने बाध्यता छ ।
भारतले चियामा हेपाहा प्रवृत्ति देखाउँदा अर्थोडक्सले कि तेस्रो मुलुक कि आन्तरिक बजारमा खपत गराउनुपर्ने हो तर यस्तो प्रयास भएको छैन । तेस्रो मुलुकका लागि व्यक्तिगतरूपमा बिक्रेताले बजार विस्तार गरे पनि आन्तरिक बजार जस्ताको तस्तै छ । यसैले एकातिर गुणस्तरीय चिया कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ भने कम गुणस्तरीय चिया नेपालमै बाहिरबाट भित्र्याउनुपर्ने स्थिति देखिन्छ ।
अहिले पनि धेरै नेपालीले अर्थोडक्स चियाको स्वादै नपाएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका संस्थागत अध्यक्ष गोविन्द दाहाल बताछन् । सरकारी क्षेत्रबाट प्रवद्र्धनका काम कम र अर्थोडक्सको लागत बढी भएकाले नेपाली बजारमा नपुगेको दाहालको भनाइ छ । दाहालका अनुसार नेपाली बजार बिगार्न भारतबाट सस्तो मूल्यमा चिया ल्याएर नेपाली चिया खपत हुन नसक्ने स्थिति बनाइने गरेको छ ।
गुणस्तरीय भन्दै भारतबाट चिया भित्र्याउने र नेपाली चियालाई बाहिर पठाउने गरिनाले चियाको आन्तरिक बजार नबढेको उनको भनाइ छ । “नियतवश यस्ता काम हुने गरेका छन् । यस्ता काम हुन दिएसम्म नेपाली बजार बलियो हुनै सक्दैन”, उनले भने। दाहालले पछिल्लो समय भने आन्तरिक बजार बढाउन केही काम हुन थालेको बताए
प्रतिक्रिया