Logo

प्रमुख समाचार

त्रिवि उपकुलपतिमा धर्मकान्त बास्कोटा



कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९औं उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका छन् ।

सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् ।

सर्च समितिले एक नम्बरमा सिफारिस गरेका भगवान कोइरालालाई आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेपछि उपकुलपतिको चिठ्ठा बाँस्कोटाको पोल्टामा परेका हुन् ।

यसअघिका उपकूलपति तीर्थ खनियाँको कार्यकाल भदौ ६ गतेदेखि सकिएको थियो । खनियाँ सुशिल कोइराला नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका लागि त्रिविको कार्यवाहक कुलपतिको जिम्मेवारी दिइएको थियो । उपकुलपति बास्कोटा नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।