भारतले नेपाली भूमि लिपुलेक मिचेको विरोधमा प्रदर्शनमा उत्रिएको विप्लव नेकपामाथि दमन र धरपकड जारी रहेकाे बेला सरकारले विद्यार्थीहरुमाथि पनि हस्तक्षेप गरेको छ ।
पूर्वघोषित कार्यक्रमअनुसार आइतबार अतिक्रमित भारतको नयाँ नक्सा जलाउने कार्यक्रम पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशैभर प्रदर्शन गरेको छ ।
नक्सा जलाउनुपहिले निकालिएको विरोध जुलुसमा सहभागी दर्जन विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । छानीछानी गिरफ्तार गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।
अखिल (क्रान्तिकारी)को ब्यानरमा गोलबन्द भई प्रदर्शनमा उत्रिएका विद्यालय, कलेजका विद्यार्थीलाई प्रहरीले काठमाडौंबाट प्रहरीले घेरा हाली हस्तक्षेप गरी गिरफ्तार गरेको छ ।
हस्तक्षेपका बाबजुद पनि विद्यार्थीहरुले भारतविरुद्ध चर्का नाराबाजी गरेका छन् । प्रहरीले छत्र बिकसहित आधा दर्जन विद्यार्थीलाई माइतीघरबाट गिरफ्तार गरेको छ । ललितपुरबाट तीन जना विद्यार्थीलाई गिरफ्तार गरेको छ ।
कास्की, काभ्रे, उदयपुर, तनहुँलगायत जिल्लाहरुमा भारत सरकारको निर्णयविरुद्ध प्रदर्शन भएका छन् । काठमाडौंको माइतीघर मण्डला र बबरमहलऽ नयाँ बानेश्मावरमा भएका प्रदर्शनमा हस्तक्षेप भएको छ । प्रदर्शनकारीहरुले भारतीय शासकविरुद्ध चर्का नारा लगाएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बीरसहित भारतको नक्सा प्रदर्शन गर्दै जलाएका छन् ।
प्रदर्शनकारीले नेपालको झण्डा र माटो बचाऔं सन्देश दिने प्लेकार्ड बोकेका थिए ।‘गो ब्याक इण्डिया’ र ‘गो होम इण्डिया’ नारा लगाएका छन् ।
अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिद्वारा कञ्चनपुरको महेन्द्रनगरमा सयौं विद्यार्थीसहित विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनपछि आयोजित विरोधसभामा संगठनका केन्द्रीय सदस्य बबरजंगसिंह र कञ्चनपुर अध्यक्ष नरेन्द्र भाटद्वारा सम्बोधन गरेका छन् ।
नेतृत्व अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समिति का संयोजक विरेन्द्र शाह नेतृत्व गरिएको थियो । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल, शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको थियो ।
उनीहरुले भारतले नेपाली भुमि अतिक्रमित भूमि मुक्त छाडेर नक्सा नसच्याए कडा संघर्ष चलाउने वक्ताहरुले चेतावनी दिए । भारत सरकारले नेपाली भूमि मिचरेर सार्वजनिक गरेको कदमविरुद्ध नेपालमा विरोध चर्किँएको अवस्था छ । देशैभर प्रदर्शन जारी छ ।





















प्रतिक्रिया