Logo

टी-ट्वान्टी सिरिज : इंग्ल्यान्डले अष्ट्रेलियालाई २ रनले हरायो



घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि रोमान्चक जित हासिल गरेका छ । शुक्रबार राति साउथह्याम्प्टनमा अष्ट्रेलियासँगको तीन खेलको टी(ट्वान्टी सिरिजमा घरेलु टोली इंग्ल्यान्डले १(० को अग्रता बनायो । खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जीत निकाल्दै सिरिजमा १(० को अग्रता बनाएको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सफल भयो । एक समय सहज जिततर्फ उन्मुख देखिएको अष्ट्रेलियालाई जितका लागि अन्तिम २ ओभरमा १९ रन आवश्यक रहेको थियो । १५ औं ओभरदेखि १९ औं ओभरसम्म लगातार विकेट गुमाउँदै कुनै बाउन्ड्री प्रहार गर्न नसक्दा अष्ट्रेलिया दबाबमा पर्यो ।

१९औं ओभरमा क्रिस जोर्डनले एक रन आउटसहित ४ रन मात्र खर्चेपछि अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो ।

अन्तिम ओभरको पहिलो बल डट खाएपनि स्टोइनिसले दोस्रो बल छक्का प्रहार गरे । तेस्रो बलमा डट खाएका स्टोइनिसले चौथो र पाँचौ बलमा २(२ रन जोडे । अन्तिम बलमा जितका लागि ५ रन चाहिएको अवस्थामा स्टोइनिसले २ रन मात्र जोड्न सके । उनी १८ बलमा २३ रन जोड्दै नटआउट रहे । उनले आफ्नो इनिङमा १ छक्का मात्र प्रहार गरे ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २(२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे । क्रिस जोर्डनले १९औं ओभर र टम करनले २०औं ओभरमा कसिलो बलिङ गरेपछि इंग्ल्यान्डले जित हात पारेको हो । तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार  ३ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।