Logo

प्रमुख समाचार

मेडिकल कलेजलाई सरकारीकरण गराैं, नक्कली कम्युनिष्टलाई भाेट दिएर दु:ख नपाऔं’



नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले मेडिकल शिक्षामा सबैको पहुँच पु्याउन देशभरका मेडिकल कलेजहरु सरकारीकरण गर्नुपर्ने बताएका छन् ।

नेकपाको भातृ संगठन अनेरास्ववियु केन्द्रीय कमीटीले आज राजधानीमा गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयक वृहत अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले सर्वागिण विकासका लागि शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए ।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले नै जिम्मा नलिएसम्म शैक्षिक माफिया र दलालले विद्यार्थी र अभिभावकलाई दुःख दिइराख्ने उनको भनाई छ । देशैभर संचालित मेडिकल कलेजले विद्यार्थीसँग अवैध शीर्षक राखेर मनपरी शुल्क असुलेको काण्डले शिक्षा क्षेत्रकै बद्नाम गराएको उनले बताए ।

‘सबैलाई नसकेपछि देशभरका मेडिकल कलेजलाई सरकारले तत्काल सरकारीकारण गर्नुपर्छ’ नेता महरले भने । मेडिकल कलेजहरुमा भइरहेको अहिलेको आन्दोलन चानुचने नरहेको र ठग मेडिकल कलेजलाई कारवाही नगरे आन्दोलन भिषण बन्ने र सरकारलाई गाह्र हुने उनको चेतावनी छ ।

मेडिकल शिक्षाका विद्यार्थीहरुले सर्वसुलभ र सुधारका लागि जारी राखेको आन्दोलनमा आफ्नो साथ रहेको उनले बताए । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन गुपचुप राखेर सरकारले आफ्नो भ्रष्ट चरित्र उदांगो पारेको बताउँदै यसबाट पनि सरकार कुन हदसम्म अपरादर्शीको खेती गरिरहेको छ भन्ने प्राष्ट भएको उनले बताए ।

त्यस्तै आजै भक्तपुरको तेल्कोटमा क्षेत्रमा भएको उपचुनाव प्रचार प्रसारका क्रममा मतदातालाई सम्बोधन गर्दै नेता महरले नागरिकको दैनिक उपभोग्य वस्तुमा तीन सय प्रतिशत बढी मूल्य वृद्धि हुँदा समेत सरकार मौन बसेर कमिशनखोर र दलालको संरक्षक बनेको बताए ।

सुन तस्करी, निर्मला हत्या काण्ड, सिण्डिकेट, वाईडवडी जहाज काण्ड,वालुवाटार जग्गा प्रकरण हुँदै सभामुख काण्डसम्म आइपुग्दा सत्ताधारी नेकपा र ओली सरकारले निर्लज्ज तरिकाले संरक्षण दिइरहेको पुष्टि भएको नेता महरले बताए ।

भारतीय विस्तारवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत थुप्रै स्थानमा भूमि मिच्दा समेत कम्युनिस्टको सरकार ठोस कदम नचाली मुकदर्शक देखिनु राष्ट्रिय अस्मितामाथिको खेलबाड भएको उनको भनाई छ । अतिक्रमित भूभाग र राष्ट्रियता जोगाउन कम्युनिष्ट सरकार असफल भएको टिप्पणी उनले असफल सरकार चौतर्फी अधिनायकवाद लाद्ने बाहेक राष्ट्रियताको सोच शुन्य देखिएको बताए ।

जनजीविका र राष्ट्रियताको लागि उपचुनावमा नेपाली कांग्रेसलाई भोट दिन पनि उनले चुनाव अभियानमा मतदातासँग आग्रह गरे । वर्तमान सरकारको नेतृत्व गरिरहेको कम्युनिस्ट नक्कली र जनताप्रति अनुदार रहेको र यसबाट जनताले दुःख अभावबाहेक केही प्राप्त नगर्ने उनको दाबी छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।