Logo

विविध

अवैध लागूऔषध सहित दुई जना पक्राउ



झापा, बिर्तामोड नगरपालिका-४ भद्रपुर सडक छेउबाट करिब १२ ग्राम ५ सय ७० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित झापा गाउँपालिका-५ शरनामती बस्ने ३० वर्षीय मिलन राजवंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मिलनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-९ मगर चोकस्थित सडकबाट करिब १ किलो २ सय ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने ५३ वर्षीय लक्ष्मी प्रसाद खतिवडालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारपानीबाट खटिएको संयुक्त प्रहरीले उक्त सडकमा रोकी राखेको मे.६ प २४३९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई राखेको उक्त पदार्थ सहित स्कुटर चालक खतिवडालाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।