Logo

विविध

गायक प्रविन बेडवालको थोरै खुशी सार्वजनिक ( भिडियोसहित )



गायक प्रविन  वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको थोरै खुशी बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।  

जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ ।  यस गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने बिशम आचार्यले संगीत संयोजन गरेका हुन् ।  

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ ।  श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।  भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो ।  

गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । 

भिडियो हेर्नुहोस:

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।