मुटुले रगत पम्प गरी शरीरभरी पठाँउदछ । मुटुबाट बाहिरीने र भित्र पस्ने रगतद्धारा रक्तनलिमा परेको चापलाई रक्तचाप भनिन्छ । सन्तुलित रक्तचाप स्वस्थ्य जीवनको प्रमुख आधार मानिन्छ । सामान्य रक्तचाप भनेको १२०-८० हो । १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर १४० वा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप मानिन्छ ।
अधिकांश मानिस बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या पनि हुने गरेको छ ।
लक्षण
कुनै मानिसमा लक्षण नै नदेखिने कारण नै थाहा नभई बिरामीको मृत्यु हुने हुँदा साइलेन्ट किलर पनि भनिन्छ ।
टाउको दुख्ने
नाकबाट रगत बग्ने
चक्कर लाग्ने
मिर्गौला सम्बन्धि रोग लाग्ने
पक्षघात हुने
तौल बढ्ने
मधुमेह रोग लाग्ने
रोकथाम र व्यवस्थापन
जीवनशैली परिर्वतन गर्नुहोस्
सत्तुलित आहारमा जोडदिने
तौल नियन्त्रण गर्ने
खानामा नुनको प्रयोग कम गर्ने
फलफुल, सागसब्जी र दुध प्रशस्त खाने
नियमित शारीरिक व्यायाम गर्ने
समयमा नै चिकित्सकसंग परामर्श लिने,
नियमित औषधी सेवन गर्ने
नियमित स्वास्थ्य जाँच गर्ने




















प्रतिक्रिया