Logo

स्वास्थ्य

रूसले दियो कोरोना उपचारको लागि नयाँ औषधि



कोरोना भाइरस संक्रमितको उपचारका लागि रूसले कोरोनाविर नामक औषधि प्रयोगका लागि अनुमति दिएको छ ।  रूसी कम्पनी आर फर्मले बनाएको एन्टी भाइरल यो औषधि आगामी सातासम्म उपलब्ध भइसक्ने छ । यो औषधि उपलब्ध हुनेवित्तिकै १६८ जनामा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको रूसले यो औषधि जापानमा बनाइएको फेविपिरविरको सुत्रमा आधारित रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । जापानले फेविपिरविरलाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ६ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।