निर्मला खडायत
बिहिबार रातिदेखि परेको पानीले काँचो इटा नष्ट पारेपछि ब्यवसायिहरु तनावमा परेका छन् ।
सुदुरपश्चिम प्रदेशका बिभिन्न इटा भट्टाका करिब १२ करोड रुपैयाँ बराबरको तयारी अवस्थाको काँचो ईटा कामै नलाग्ने गरी भिजेपछि ब्यवसायिहरु चिन्तित बनेका हुन् ।
पानीले ईटा व्यवसायीलाई करोडौंको क्षती भएको सुदूरपश्चिम ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले बताए ।
सुदुरपश्चिममा अहिले पनि बादल लागिरहेको छ । हिउँको मौसममा इटा सुकाउने गरिन्छ ।
पानीले ७० भन्दा बढि ब्यवसायिहरुको इटा गलेर काम नलाग्ने भएको हो ।
सरकारलाई क्षतिको विवरण संकलन गरेर दिने तयारी भैरहेको अध्यक्ष शाहले बताए ।
पानीले इटा नष्ट पारेपछि ब्यवसायिहरु तनावमा रहेका बेला गहुँ किसानहरु भन मख्ख परेका छन् ।
महंगोमा डिजेल किनेर गहुँमा पानी लगाउनुपर्ने भएपनि समयमै पानी परेपछि किसानलाई राहत मिलेको कञ्चनपुरका किसान जगदीश बलायरले बताए ।
पानी परेर चिसो त बढेको छ नै तर गहुँबाली सम्प्रने देखेर किसान खुसी बनेका छन् ।





















प्रतिक्रिया