काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तत्कालीन संघीय सांसद तथा पुर्वमन्त्री गगन कुमार थापालाई पत्र लेखेका छन् । शाक्यले कमलपोखरीको विकास तथा सुधारका लागि आफुले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गर्दै थापालाई पत्र लेखेका हुन् ।
“तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७-०९-२६को पत्र प्राप्त भयो ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ, “पत्रमा लेखिएको छ ।





















प्रतिक्रिया