Logo

राजनीति

पहिलाे पटक नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । शुक्रबार स्थगित नेकपा सचिवालयको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामा बस्न लागेको नेकपाले जनाएको छ ।

बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको हो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) ले जानकारी दिए।

आजको सचिवालय बैठकले पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुर्नगठन, समसामयिक राजनीतिक घटनाक्रम लगाएतको विषयमा छलफल गर्ने सचिवालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  १० : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।