Logo

प्रमुख समाचार

स्ववियुको निर्वाचन आगामी फागुन १४ गते



स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी फागुन १४ गते हुने भएकोछ । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै तयारी गरेको छ । २०७३ फागुन १८ गते भएको स्ववियुको दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद सकिन लागेपछि निर्वाचनको तयारी सुरु गरिएको हो ।

अहिलेको कार्य समितिको म्याद फागुन १३ गतेसम्म मात्र थप गरिएकाले १४ गते नै निर्वाचन गर्नुपर्ने बताइएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब चार सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन गरिने बताए ।

२०७३ सलामा करिब दुई सय ८० क्याम्पसमा मात्रै स्ववियुको निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।