Logo

समाचार

एउटा यस्तो उपकरण जसले तपाइलाई हर्ट अट्याकबाट बचाउन सक्छ



ब्रिटेनमा एउटा पुरानो उपकरण सञ्चालनमा ल्याइएको छ जसले मानिसहरुलाई हर्ट स्ट्रकबाट बचाउन सक्छ ।

यो जेलिफिस आकारको उपकरण मुटु भित्र जोड्दा फाइब्रिलेसन (अनियमित मुटुको धड्कन) बिरामीहरुका लागी अत्यन्त उपयोगी हुन सक्छ ।

ब्रिटेनमा ८० हजार भन्दा बढी एट्रियल फाइब्रिलेसनका बिरामी रहेका छन् । यो रोगमा अनियमित मुटुको धड्कनका कारण रगत प्रवाह अवरोध हुन्छ र रगत जम्न थाल्छ । यो पछि गएर अट्याकको कारण बन्न सक्छ । एट्रियल फाइब्रिलेसन भएका बिरामीहरु सामान्यतया रगत पातलो पार्ने औषधि लिन्छन् तर यो औषधि सेवनले कहिलेकाहीँ अत्याधिक रक्तस्राव हुने सम्भावना हुन्छ ।

वाचम्यान नामको यो उपकरण पहिले पनि बनाइएको थियो । उपकरणको पहिलो संस्करण सुरुवातमा प्रभावकारी हुन सकेन किनभने यो अनियमित आकारको मुटु भएका बिरामीहरुको शरिरमा फिट हुन सकेन । यसको पछिल्लो संस्करण पाँचओटा विभिन्न आकारमा बनाइएको छ । अब यो बिरामीहरुका लागी औषधिको विकल्प हुन सक्छ ।

त्यस्तै यो उपकरण मुटुको आकार अनुसार समायोजित गर्न सकिन्छ । यो उपकरणको धातुले मुटुलाई असर नगरोस् भनेर यसलाई पोलिस्टरको कपडाले ढाकिएको छ । रोयल ब्रोप्टन अस्पतालका डाक्टर सन्दिप पाणिकरले प्रत्येक व्यक्तिको मुटुको आकार फरकफरक हुने बताए ।

उपकरणको पुरानो मोडेल सबै बिरामीका लागी सुहाउँदो थिएन् । यो उपकरण खनसगरी ती बिरामीहरुका लागी उपयोगी हुन्छ जुन अन्य रोगका कारण बिरामीहरु रगत पातलो बनाउने औषधि खान सक्दैनन् । अमर उजाला

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।