Logo

स्वास्थ्य

प्रहरीले अपरणशैलीमा जवरजस्ती उठाएको भन्दै अनशनरत डा. केसीद्वारा उपचार अस्विकार 



अनशनरत डा.गोविन्द केसीले आफूलाई जवरजस्ती अनशनरत स्थलबाट उठाएको भन्दै उपचार प्रक्रिया अस्विकार गरेका छन् ।अपहरणको शैलीमा जबर्जस्ती प्रहरीले अनशनस्थलबाट उठाएर अस्पताल लगेको भन्दै केसीले उपचार सेवा लिन अस्वीकार गरेका हुन् ।
जुम्लामा अनशनरत डाक्टर केसीका स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले गएराति अनसन स्थलबाट उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेको थियो ।

आफ्नो इच्छा विपरित अनसन स्थलबाट अपहरणको शैलीमा उठाइएकोले उपचार नगर्ने केसीको अडान छ ।

स्वास्थ्य क्षेत्रको सुधारका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र एमडी अध्यापनको माग राख्दै १९औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि प्रहरीले गएराति पौने १० बजे अस्पताल लगेको थियो।

अस्पताल प्रशासनका अनुसार डाक्टर केसीलाई आइसियुमा राखिएको छ। तर, केसीले कुनै उपचारसेवा लिन मानेका  छैनन् ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  १ : २५ बजे