Logo

प्रमुख समाचार

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक



सुर्खेतमा मेगा बैंक नेपाल लिमिटेडले नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजनाका बारेम जानकारी गराएका थिए । यस्तै जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्कलगायतका बारेमा पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराएकोमा बैंकलाई धन्यवा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सय जनाको सहभागिता रहेको मेगा बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।