यो वर्ष काठमाडौं उपत्यका वरिपरिका उच्च स्थानमा हिउँ परेको छ । शुक्रबार र शनिबारको मौसम बदलीभइ केहि स्थानमा वर्षा हुँदा हिउँ परेको हो । हिउँ परेसँगै उपत्यकाको चन्द्रागिरि, फुलचोकी, शिवपुरीका विभिन्न डाँडाहरु हिउँले सेताम्य भएका छन् ।
यस्तै दोलखाको कालिन्चोक, मकवानपुरको दामन र धादिङको खाल्टेमा पनि हिउँ परेको छ ।
प्रतिक्रिया