प्रतिनिधि सभाले ४ महिना पछि आज नयाँ सभामुख पाउँदै छ । तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा राजिनामा दिएपछि प्रतिनिधिसभामा सभामुख रिक्त रहेको थियो । महराले गत असोज १४ गते प्रतिनिधि सभा पदबाट राजीनामा दिएका थिए ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुनेछ । सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेकाले उनी नयाँ सभामुख हुँदै छन् ।
अहिले प्रतिनिधिसभामा सभामुख र उपसभामु दुवै पद रिक्त रहेको छ । नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । संवैधानीक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएकाले तुम्बाहाङ्फेले राजीनामा दिनुपरेको हो ।




















प्रतिक्रिया