Logo

विचार / ब्लग

प्रधानमन्त्री ओली र मन्त्री घनश्याम भुसाल ज्यू, ‘जनताले भोज कहिले खाने ?’



चिनियाँ कम्युनिष्ट पार्टीले सन २०१० मा ६० औं बार्षिकोत्सव मनाउन केहि दिन अघि १० हजार आफ्ना कार्यकर्तालाई सदस्यतावाट हटायो । कारवाहीमा पर्नेमा पोलिटब्युरोदेखि गाउँ इकाइका कार्यकर्ता थिए । कारवाहीको कारण थियो, ‘क्लव र भोजभतेरमा रकम खर्च गरेकोले ।’ त्यस अघि पनि चिनियाँ कम्युनिष्ट पार्टीले विलासी जिवन विताएकै कारण देखाएर केहि बरिष्ठ नेतालाई पार्टीवाट निस्कासन गरेको थियो ।
सन २०१२ देखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीमा ११ करोड सदस्य छन् । यी कार्यकर्ताहरु भ्रष्ट र तडकभडक नेताका जुलुशमा सामेल हुँदैनन् । चिनियाँ कम्युनिष्ट पार्टीले संस्थापक माओपछि देङ सियापिङ र अहिले सि जिङ पिङसम्म आइपुग्दा ८० करोड जनतालाई एकैचोटी गरिवीको रेखा भन्दा माथि उठायो । यो जनसंख्या करिव सिंगो युरोप वरावर हो । हालका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सिको रणनीति अनुसार जनतालाई धनी वनाउने काम जम्मा ३० बर्षमा पुरा भएको हो । उनले सत्ता चलाएको ३ बर्षमा चीनभरि अनिकाल, भोकमरी, दरिद्रता, फोहोर, जनताका दुख कष्ट र आधारभुत समस्याहरु हटाएका थिए । त्यसपछि उनले वफादार कार्यकर्ता वनेर चीनलाई विश्वको शक्तिशाली देश मात्र वनाएनन्, जनतालाई सुखी वनाएर समृद्धिमा दराए ।

यो विचमा सीले कहिल्यै पार्टी कार्यालय र राष्ट्रपति भवनमा भोजभतेर गरेनन् । बरु बाढिपहिरो आउँदा गाउँमा एक्लै पुगेर जनताको भान्छामा दुख साट्दै आए । चिनियाँ नेता सीको अवको एउटै लक्ष्य छ,‘चीनलाई सन २०५० सम्म आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने ।’ सीले यही बर्ष सन २०१९ मा नेपाल भ्रमण आउँदा नेपालका कम्युनिष्ट नेतालाई भनेका थिए,‘सदाचारी वन्नुस, देश वन्नेछ, अनि जनताले कम्युनिष्टलाई पत्याउनेछन् ।’ सीले वोलेका बिषय नेपाली मिडियामा छ्याप्छ्याप्ती आउँदा पनि कुनै कम्युनिष्ट नेताले चेतेनन् । बरु, भोजभतेरलाई उत्सवका रुपमा मनाउँदै गए । विश्वभरि सिद्धिएको कम्युनिष्ट ब्यवस्थालाई चीनले मात्र अहिलेसम्म जीवित राख्न सकेको छ ।

जसरी ओली प्रधानमन्त्री भएदेखि विभिन्न ठेकेदारहरुले सुदिन आएको सुनाउँदै हिंडेका थिए । त्यसैले, वालुवाटारका हरेक भोजहरु जनताका लागि काट्टो (मृत्युमा खाने खानेकुरा) जस्तो भएको छ । यसमा दुख मात्र मिसिएको छ । कसैका लागि त्यो भोजमा हाँसो मिसिएको होला, तर जनताका लागि आँसुका थोपाहरु मात्र घुलिन छन् । चिनियाँ कम्युनिष्टले गरिब जनतालाई माथि उठाएको इतिहासका पानाहरु पढेका विश्वका मानिसहरुले नेपालका कम्युनिष्टले जनतालाई गरिबीको खाल्डोमा धकेलिदिएको अर्को पन्ना पढ्न पाउने निश्चित छ । जबसम्म ओली प्रधानमन्त्री र भुसाल मन्त्री हुन्छन्, तवसम्म वालुवाटारमा भोजहरु भइरहनेछन्, तर जनता भोजहरु हेरेर रोइरहनेछन् ।

२०७६ माघ १९ (हिजो वेलुका) मा नेपालका कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई भोजभतेर खुवाए । यहि दिन थियो २०६१ साल, तत्कालिन राजा ज्ञानेन्द्र शाहले नेपालको शासन आफैंले चलाएका थिए । यो संयोग भित्र वालुवाटारको भुत सल्वलाएको होला वा नहोला । तर, जनताका लागि माघ–१९ विर्सन लायक दिन वनेन । प्रधानमन्त्री समेत रहेका कम्युनिष्ट अध्यक्ष ओलीले वालुवाटारमा भोजभतेर लगाउँदै गर्दा एकै समयमा अर्कोतिर जनताले खाने कुखुराको मासुको मुल्य बढेर प्रति केजी ४ सय नाघेको थियो । कुखुराको मासु पौष्टिक पदार्थ भएकोले सबै जनताको पहुँचमा पुगोस भनेर सबै विकसित मुलुकले निकै सस्तोमा खरिद गर्ने ब्यवस्था मिलाइएको छ । चीन, अमेरिका लगायत अधिकांश विकसित मुलुकमा कुखुराको मासु एक मुठा साग भन्दा सस्तोमा किन्न पाइन्छ । उत्पादन गर्ने किसानलाई दाना,चल्ला, औषधी आदिमा अनुदान र सस्तोमा सामान उपलब्ध गराएर कुखुराको मासु सर्बसुलभ वनाइएको हुन्छ । त्यहि भएर त्यहाँका जनता हृष्टपुष्ट, स्वस्थ र सर्लक्क परेका हुन्छन् । हाम्रोमा जस्तो कुपोषणका ठुला भुँडी हुँदैनन् । केहि विकसित मुलुकले ठुलो भुँडी भएको मानिस सडकमा हिंडेको देख्यो भने च्याप्प समातेर अस्पताल पुर्याएर उपचार गर्छन् । तर, नेपालमा गरिब जनताले सातामा भरपुर एकपटक पौष्टिक खाना खान पाउँदैनन् । हाम्रोमा कि भुँडी फुलेर कि भुँडी सुकेर जनता मरिरहेका छन् ।

याे पनि.. कम्युनिष्ट मोटाउँदा देश किन दुब्लाउँछ ?

२०५६ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भएका थिए । कृष्ण प्रसाद भट्टराई हटेपछि कोइराला प्रधानमन्त्री वनेका थिए । कुन मिति हो ठ्याक्कै याद भएन, तर, एकदिन गिरिजाले वालुवाटारमा चियापान समारोह राखेका थिए । चियापान विपक्षी दलका नेतादेखि कुटनीतिक नियोगका ब्यक्तिहरुलाई थियो । त्यो चियापानको विरोधमा एमालेले सिंहदरवार वरपर मसाल जुलुश निकालेको थियो । युद्धरत माओवादीले वालुवाटार नजिकै विशालनगर पाखोमा बम पड्काएको थियो । त्यो, चियापानमा चिया र कुुकिज विस्कुट मात्र राखिएको थियो । तर, अधिकांश चियापान कार्यक्रममा समोसा सहितको ब्यबस्था हुने गर्छ । कम्युनिष्टले संसददेखि सदनसम्म वालुवाटारको चियापान खुव विरोध गरेका थिए । पछि प्रधानमन्त्री कार्यालयले खर्चको विवरण सार्वजनिक गर्नु परेको यिथो । यो आलेखमा कांग्रेसले जनतालाई राहत र कम्युनिष्टले आहत दिएको भन्न खोजिएको होइन । कांग्रेसको जनताप्रतिको गैरजिम्मेवारीपनमा कम्युनिष्टले कसरी धोका दियो भन्ने मात्र चित्रण गरिएको हो ।

त्यसपछि त्यो चियापानको विरोध गर्ने कम्युनिष्टलाई जनताले परर ताली बजाए । जनताको समर्थन वटुल्दै गयो गयो, अनि अहिले वहुमत सरकार वनाउन दिए जनताले । अहिले कम्युनिष्टले कोखमा लात्ती हानेर तिनै जनतालाई पल्लो पाखामा पछारिदिएको छ । कहिल्यै माफी नपाउनेगरि जनताको मुटु दुखिरहेको छ । उता भने, सिंगो नेपालको कम्युनिष्ट अहिले वालुवाटारको भोजमा डकारिरहेको छ ।

जनताको रुवाईमा कम्युनिष्टको अट्टहांस भोज

नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहालको सयुक्त भोज भने यो पहिलो हो । ओलीको भने यो धेरै मध्येको पुछारको हो । जव ओली पहिलो चोटी प्रधानमन्त्री भए, अनि वालुवाटारमा भोजभतेरको शिलशिला शुरु भएको हो । कतैवाट विरोध आए ओली स्वंय अगाडी सरेर भनिहाल्थे, हामी भन्दा अघिल्ला कुन सरकारले भोज खुवाएन ?’ हेरौं ओली प्रधानमन्त्री भएपछि वालुवाटारमा भएका भोजको फेहरिस्ता ।
२०७२ साल चैत ३० गते वालुवाटारमा भब्य भोज भएको थियो । ओली पहिलो चोटी प्रधानमन्त्री भएका वेला भएको यो भोजमा राज्यले सवै भार ब्यहोरेको थियो । एकातिर, यो भोजमा कम्युनिष्टहरु अट्टहांसपुर्वक खाइरहेका थिए, अर्कोतिर सोही समयमा, खोटाङमा वस दुर्घटना भएर दुइ दर्जनको मृत्यु भएको थियो । सयौं घाइते रोइरहेका थिए । वालुवाटारको यो भोजमा करिव १० लाख खर्च भएको थियो । त्यो दुर्घटनामा घाइते भएकाहरु उपचार खर्च नपाएर अझै जिउँदै मरिरहेका छन् ।

ओलीको अर्को भोज थियो, ११ फागुन ०७४ मा । यो दिन ओलीको ६७ औँ जन्मदिन थियो । ओलीको जन्मदिनमा बालुवाटारमा भव्य भोज आयोजना भयो । जन्मदिन मात्र होइन, प्रधानमन्त्री ओलीले मन्त्री र उनका परिवारका लागि पनि बालुवाटारमा भोज भतेर लगाउँदै गए । नेकपा अध्यक्ष ओलीले ८ मंसिर २०७६ मा बालुवाटारमा अर्को भोज गरे । यो भोजमा मन्त्री र मन्त्रीका परिवार सहभागी थिए ।

त्यसैगरि, ८ असार २०७६ मा ईद, ३० चैत २०७५ मा नयाँ वर्षको शुभकामना दिन भन्दै बालुवाटारमै ओलीले भोज दिएका थिए । यसबाहेक १७ चैत २०७४ मा ओलीले बालुवाटारमा कलाकारलाई भोज दिए । बालुवाटारमा मन्त्री, कार्यकर्ता, कलाकार र जन्मदिनमा ओलीका लगातार भोज चल्दै गए । यो वाहेक ओली वंशजको भोज पनि वालुवाटारले ब्यहोरेको छ । २३ भदौ २०७५ मा बालुवाटारमा ओली वंशजको भोज आयोजना गरिएको थियो ।

ओलीले दिएका सवै भोजको आलोचना मात्र भएन, भोज चल्दै गर्दा दुखका घटनापनि एक साथ हुने गर्थे । ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा बालुवाटारमा धेरै पटक भोज आयोजना चल्दै गर्दा भुकम्पवाट पीडित जनता अर्कोतिर रोइरहेका हुन्थे । तर, पनि ओलीले भने निरन्तर भोज गरिरहन्थे । नाकाबन्दीले नागरिकलाई आक्रान्त बनाएका बेला ओलीले १२ कात्तिक ०७२ मा अर्को भोज गरेका थिए । देशले नयाँ सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पाएको भन्दै बालुवाटारमा यो भोजको आयोजना भएको थियो । त्यतिवेला यो भोजको दृष्य जनताका लागि निकै पीडादायीक वनेको थियो ।

प्रश्न, प्रधानमन्त्री ओली र मन्त्री भुसाललाई नै किन ?

कुनैवेला प्रधानमन्त्री ओली र कृषिमन्त्री घनश्याम भुसाल एउटै पार्टी भित्र दुई ध्रुव भएर खडा हुन्थे । ०४८ सालमै पार्टीमा फरक मत पेश गरेर चर्चा वटुल्दै आएका भुसालले कम्युनिष्ट समाजवादका ठेलीहरु खुव पल्टाए । उनका हरेक शब्दहरु विचविचमा वनेका कम्युनिष्ट सरकारका विरुद्ध निकै खर्च भएका थिए । तर, आज उनि अधिकारसम्पन्न ८० प्रतिशत कृषक जनताको मन्त्री वनेका छन् । उनि मन्त्री भएको पनि दुई महिना हुन लागिसक्यो । केहि दिन पहिला मन्त्री भुसालले मन्त्रालयमा पत्रकार वोलाएर भनेका थिए,‘म अहिले वोल्दिन, तपाईंहरुका सुझाव सुन्न वोलाएको हुँ ।’ मिडियाका स्थानहरु भुसालको मौनतालाई जिस्क्याइरहेका छन् । तर, पनि भुसालको समाजवाद भित्र भोकमरिको ऐठनले जनतालाई अल्पायुमै सेल्टाउँदैछ ।

याे पनि.. चुलिएको महंगी र थलिएको जिन्दगी

प्रधानमन्त्री नहुँदासम्म ओली पनि अरुलाई मिलाएर मुटु नै दुख्नेगरि खुवै गाली गर्थे । भुसाल त मन्त्री हुनु अघिसम्म आफ्नै सरकारलाई बिपक्षी दलका नेता भन्दा निकै गाली गर्दे आएका थिए । त्यसैले, यो आलेखमा ओली र भुसालको मात्र चर्चा गरिएको हो । अरु मन्त्री आफ्ना नेतासंगसंगै वगिदिन्थे । अलिकति किनारतिर उछिट्टिन खोज्ने योगेश भट्टराई थिए । उनि अहिले सवैभन्दा बढि सत्तावाट फाइदा लिएका हुनाले पर्यटनमन्त्रीमा वफादार वनिरहेका छन् । ओली र भुसालको उम्लिएका स्वरहरु अहिले कहाँ गए ? गिठा खाएर कोक्याएका मनहरुले वालुटारका भोजहरु हेर्दे प्रश्न गरिरहेका छन् ।

चितवन, धादिङ लगायतका भीरपहरामा बस्ने करिब डेढ लाख चेपाङले अहिले पनि एक छाक भात खान पाउँदैनन् । गिठा, भ्याकुर, तरुल र अन्य कन्दमुलको जोखिमवाट उनिहरुको कहालीलाग्दो जिवन घिस्रिरहेको छ । तराईका मुसहर र उपल्लो जुम्लाका नागरिकहरु मुस्किलले सास फेरिरहेका छन् । बजारमै भएका नागरिकको कुरा गर्ने हो भने पनि महंगीले अधिकांश नेपालीलाई देश छोडेर भागुँ भागुँ वनाइरहेको छ । भुसाल कृषिमन्त्री भएदेखि कृषि सामग्रीको मुल्य कति बढ्यो, कसैले अन्दाज गर्न सक्दैन । यो कहाली लाग्दो विवरण छ । आधिकारिक विवरण अनुसार, भुसाल मन्त्री भएपछि तरकारीमा ३ सय प्रतिशत, खाद्यान्नमा १५ प्रतिशत र मासुजन्य खाद्यमा सय प्रतिशत मुल्य बढेको छ ।
जव भुसाललाई मन्त्रालयमा महंगी बढ्यो भनेर सामाजिक संघ संस्थाका मानिसहरु भन्न जान्छन्, अनि भुसाल भन्छन्, ‘अध्ययन गरिरहेको छु ।’ भुसाल मन्त्री भएर आएदेखि विचौलिया र कालाबजारीले दशैं आएको बताएका थिए ।

यो विचमा सीले कहिल्यै पार्टी कार्यालय र राष्ट्रपति भवनमा भोजभतेर गरेनन् । बरु बाढिपहिरो आउँदा गाउँमा एक्लै पुगेर जनताको भान्छामा दुख साट्दै आए । चिनियाँ नेता सीको अवको एउटै लक्ष्य छ,‘चीनलाई सन २०५० सम्म आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने ।’ सीले यही बर्ष सन २०१९ मा नेपाल भ्रमण आउँदा नेपालका कम्युनिष्ट नेतालाई भनेका थिए,‘सदाचारी वन्नुस, देश वन्नेछ, अनि जनताले कम्युनिष्टलाई पत्याउनेछन् ।’ सीले वोलेका बिषय नेपाली मिडियामा छ्याप्छ्याप्ती आउँदा पनि कुनै कम्युनिष्ट नेताले चेतेनन् । बरु, भोजभतेरलाई उत्सवका रुपमा मनाउँदै गए ।

जसरी ओली प्रधानमन्त्री भएदेखि विभिन्न ठेकेदारहरुले सुदिन आएको सुनाउँदै हिंडेका थिए । त्यसैले, वालुवाटारका हरेक भोजहरु जनताका लागि काट्टो (मृत्युमा खाने खानेकुरा) जस्तो भएको छ । यसमा दुख मात्र मिसिएको छ । कसैका लागि त्यो भोजमा हाँसो मिसिएको होला, तर जनताका लागि आँसुका थोपाहरु मात्र घुलिन छन् । चिनियाँ कम्युनिष्टले गरिब जनतालाई माथि उठाएको इतिहासका पानाहरु पढेका विश्वका मानिसहरुले नेपालका कम्युनिष्टले जनतालाई गरिबीको खाल्डोमा धकेलिदिएको अर्को पन्ना पढ्न पाउने निश्चित छ । जबसम्म ओली प्रधानमन्त्री र भुसाल मन्त्री हुन्छन्, तवसम्म वालुवाटारमा भोजहरु भइरहनेछन्, तर जनता भोजहरु हेरेर रोइरहनेछन् ।

चिनियाँ कम्युनिष्ट नेता सीले झैं गरिब जनताको स्तर उठाएर गरिएका भोजहरु कति उज्याला हुन्थे होलान् । यो परिवर्तनमा १० बर्षसम्म म कुनै भोज गर्दिन, जबसम्म जनताले एकछाक राम्रोसंग खान पाउँदैनन् भनेर प्रधानमन्त्री ओलीले प्रतिवद्धता देखाउन सक्नुपथ्र्यो । अहिले त परिवर्तनलाई पोलेर खाएकाहरु र जनताका दुखहरुमा रमाउनेहरु मात्र सरकारमा छन् । एकातिर, जनताले पेटभरि खान पाएका छैनन्, अर्कोतिर सरकारी अड्डाहरुमा दिनहुँ हुने भोजहरुले जनताका मुटुमा कति वाण प्रहार भएको होला ? त्यसैले, भ्याकुर खाएका कोक्याएका मनहरुले फेरि पनि ओली र भुसाललाई सोधीरहेका छन्,‘हामीले पेटभरि भोज कहिले खान पाउने ???

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १९:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।