रोल्पाको सुनिलस्मृति गाउँपालिकाले माध्यामिक तहका विद्यालयहरू सँगको शैक्षिक बहस सम्पन्न गर्दै शिक्षा क्षेत्रमा प्रथम हुने विद्यालाय, शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका ८ वटै माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक सहित गाउँपालिकामा शिक्षा क्षेत्रमा काम गर्ने एनजीओका प्रतिनिधिहरूको उपस्तिथिति थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानध्यापक तथा शिक्षकहरूले आफ्नो विद्यालयका गतिविधि र शैक्षिक गुणस्तरको सुधारका लागि भएका प्रयास बारे जानकारी दिदैं गाउँपालिकाले गर्नुपर्ने कामको बिषयमा धारणा राखेका थिए ।
गाउँपालिका अध्यक्ष घर्तीले शिक्षा क्षेत्रको गुणस्तर सुधारको लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउदै शिक्षा क्षेत्रको विकृती कम गर्न र शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधार गर्न वडा शिक्षा समितिलाई सकृय बनाउने जानकारी दिए ।




















प्रतिक्रिया