विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को भ्याक्सिन पत्ता लागेको छ । चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल (खाने) भ्याक्सिन आविष्कार गरेको हो ।
यो भ्याक्सिनको विकास गर्ने वैज्ञानिक प्रोफेसर हुआङ जिन्हाइले स्वयं यो भ्याक्सिनको ४ डोज लिएको र कुनै पनि किसिमको साइड इफेक्ट महसुस नगरेको चीनको मिडिया ग्लोबल टाइम्सले लेखेको छ ।
विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवद्र्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । ‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ’, विश्वविद्यालयलाई उधृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । औषधि अत्यन्त सुरक्षित रहेको, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिने हुआङले बताएका छन् । दि गार्जियनले यो खबर उल्लेख गरेको छ ।




















प्रतिक्रिया