Logo

प्रमुख समाचार

कसले दिदैंछ प्रधानमन्त्री ओलीलाई मिर्गौला ?



आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दैछन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । जसका लागि भोलि (सोमबार) देखि नै अस्पताल भर्ना हुँदै छन् ।

ओलीले १३ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यो मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो । पहिलोपटक चितवनकि एक महिलाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी थिइन ।

अहिले दोस्रोपटक भने प्रधानमन्त्री ओलीलाई नाताले नातिनी पर्ने एक युवतीले मिर्गौला दिन लागेकी हुन् । मेडिकल परिक्षणमा सबैकुरा म्याच भएपछि प्रत्यारोपणको तयारी गरिएको हो । मिर्गौला प्रत्यारोपण पछि छिट्टै काममा फर्कने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार १४:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।