Logo

प्रमुख समाचार

Breaking news… कोरोनाभाइरसको आशंकामा टेकुमा भर्ना भएका चारैजनाको रिपोर्ट नेगेटिभ



कोरोना भाइरस (कोभिड – १९) को संक्रमण भएको आशंकामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको कोरोना भाइरस (कोभिड – १९) को परिक्षणमा उनिहरूको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।

हालसम्म नेपालमा एक जनालाई मात्रै कोरोना भाइरस (कोभिड – १९) को संक्रमण भएको पुष्टि भएको छ । उनी उपचार पछि स्वस्थ भएर घर फर्किसकेका छन् । अहिलेसम्म कसैलाई संक्रमणको पुष्टि नभएपनि ३० जना संक्रमित आशंका गरिएकाहरूको आवश्यक परिक्षण भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरस (कोभिड – १९) संक्रमण कसैलाई पुष्टि नभएकोले नआत्तिन तर सचेत रहन शुक्रराज ट्रपिकल तथा सरुवा रोग महाशाखाले आग्रह गरेको छ । संक्रमणको आशंका लागेमा अस्पतालमा सम्पर्क गरेर सरुवा रोग नियन्त्रणमा सहयोग गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलवार १२:३३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।