Logo

मनोरञ्जन

कार्तिकले सबैको अगाडी कट्रिनाको खुट्टा ढोगेपछि…



यतिबेला कार्तिक आर्यन र कट्रिना कैफको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । तस्बिरमा कार्तिकले कट्रिना खुट्टा ढोगेका छन् ।

वास्तवमा उक्त तस्बिर आइफाको पत्रकार सम्मेलनको रहेको थियो । जहाँ धेरै बलिउड कलाकारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कार्तिक केही ढिलो पुगेका थिए ।

कट्रिना भने समयमा कार्यक्रममा पुगेर स्टेजमा चढिसकेकी थिइन् । कार्तिक पुग्नसाथ उनलाई स्टेजमा बोलाइयो । कार्तिक स्टेज चड्नुअघि नै कट्रिना स्टेज पुगिसकेकी थिइन् । स्टेज पुग्नसाथ कार्तिकले झुकेर कट्रिनाको पाउ छोए र आफू ढिला भएको भन्दै माफी मागे । आफू ढिला भएको भन्दै उनले उठ-बस पनि गर्न भ्याए ।

आफूले गल्ती गरेको भन्दै उनले भने, ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो । आज म ढिला भएको छु । त्यसैले माफी चाहान्छु ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।