Logo

समाचार

बोजोको सेवनले कोरोना भाइरस निको हुने सूचना जारी गरेपछि …



विश्वभर अहिले कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको छ । विश्वस्वास्थ संगठनले नै नेपाललाई कोरोना फैलन सक्ने भन्दै चेतावनी दिएपछि नागरिक स्तरमा पनि चासो र चिन्ता फैलिएको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि संघीय सरकार देखि प्रदेश सरकार र स्थानीय सरकारले समेत नागरिकलाई कोरोना भाइरसको महामारी बाट वच्न जनचेतनामूलक कार्यक्रम र सन्देश जारी गरिरहेका छन् ।

कोरोना बारे नागरिकलाई सचेत बनाउन लम्किचुहा नगरपालिकाले जारी सूचनाले भने भ्रम पैदा गरेको छ । लम्किचुहा नगरपालिकाले जारी गरेको सूचनामा बोजोको नियमित सेवनले कोरोना भाइरस निको हुन्छ भन्दै बोजो खानको लागि सिफारिस समेत गरिएको पाइएको छ ।

बोजो एक औषधिय गुण भएको एउटा वनस्पति हो । हिमाली, पहाडका साथै तराई क्षेत्रमा समेत उपलब्ध हुने वनस्पति भएपनि यसले कोरोना भाइरस निको पार्ने गुण भएको कतै प्रमाणित भएको छैन् । स्थानीय सरकारले यस्तो सूचना जारी गरेपछि नागरिकहरूमा भने भ्रम उत्पन्न भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार १३:३९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।