Logo

समाचार

कोरोना संक्रमणबारे आवश्यक रणनीति बनाउन सर्वदलीय बैठक आह्वान



विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) बारे आवश्यक रणनीति तय गर्नको सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई बोलाइएको छ ।

उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समिति समेत गठन गरेको थियो । समितिको बैठक दुई पटक बसिसकेको छ ।

बुधबार तीन बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।