Logo

समाचार

साँढे दुई लाख घुस प्रकरण: मन्त्री भट्टराई पत्नी कानुनी उपचारको तयारीमा



पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथी साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि भट्टराई पत्नी घिमिरे कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

उनीमाथि एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा उतिर्ण गराइदिने भनी आरोप लागेको हो । घिमिरे काउन्सिलकी रेक्टर हुन् ।

घुसका लागि फेसबुक म्यासेन्जरमा कुराकानी गरेको बिषय पनि सार्वजनिक भएको गरिएको छ । म्यासेन्जरमा जीता बरालको नाम उल्लेख छ । यसको स्वतन्त्र रूपमा पुष्टि भने हुन बाँकी छ ।

पत्नीमाथी गम्भीर आरोप लागेपछि पर्यटनमन्त्री भट्टराईले फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले घटनाबारे उल्लेख नगरी कुनै गल्ती नगरिएको र नगरिने स्पष्ट पारेका छन् । षड्यन्त्रप्रति सचेत रहेको उनको भनाइ छ ।

सत्तारूढ नेकपाका एकपछि अर्को नेताहरू भ्रष्टाचारको मामिलामा विवादित बन्दै गएका छन् । पछिल्लो समय पर्यटनमन्त्री भट्टराई पत्नी पनि विवादमा तानिएका हुन् । उनले पनि आफूमाथि षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छिन् ।

पर्यटनमन्त्री पत्नी घिमिरेलाई आरोप लगाउने जीता बराल काउन्सिलकी सदस्य हुन् । सदस्यमा उनको नाम दशौं नम्बरमा छ । एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा उतिर्ण गराइदिने भन्दै घुस मागेको सार्वजनिक भएको छ ।

जसमा बरालले रजिष्टारसँग कुरा मिलाइदिने भनेकी छन् । पर्यटनमन्त्री भट्टराई पत्नी घिमिरे नर्सिङ काउन्सिलकी रेक्टर हुन् । काउन्सिलले नर्सिङको लाइसेन्स परिक्षा लिन्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १५:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।