Logo

अन्तर्राष्ट्रिय

कोरोना कहर: दिल्लीमा शैक्षिक संस्था र फिल्महल बन्द



विश्व स्वास्थ संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र फिल्महल बन्दको घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल बिहीवार एक सन्देश जारी गर्दै ३१ मार्च सम्मका लागि दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र सिनेमा घरहरू बन्दको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री केजरीवाललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले ‘दिल्लीका सबै फिल्महलहरू देखि विद्यालय र कलेजहरू बन्द रहने छन् ।’ भन्ने समाचार सम्प्रेषण गरिरहेका छन् ।

भारतमा बिहीबारसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । वल्र्ड मिटरका अनुसार भारतमा बिहीबारमात्रै ११ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा संक्रमित पुष्टि भएका मध्ये चार जनालाई उपचारपछि घर पठाइएको छ भने ६९ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।