Logo

प्रमुख समाचार

कोरोना रोक्न सरकारले चीनको जस्तै अस्पताल बनाउने



प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएका छन ।

त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न निर्देशन दिएका हुन ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।