Logo

समाचार

अब सिंहदरबार गेटमा पनि कोरोना परिक्षण



अब सिंहदरबार छिर्ने प्रत्येक व्यक्तिको परिक्षणहुने भएको छ । देशकै मुख्य प्रशासनिक क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) को सम्भावित जोखिम नहोस भन्नका लागि प्रत्येक व्यक्तिको तापक्रम लिन लागिएको हो  ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले दिएको निर्देशन अनुसार सिंहदरबारका मुल गेटमा तापक्रम परीक्षण गर्ने व्यवस्था हुन लागेको बताए ।

‘अब सिंहदरबार छिर्नका लागि प्रधानमन्त्री, मन्त्री, सांसद, कर्मचारी र सर्वसाधारण अर्थात जो सुकैले स्वास्थ्य परीक्षण (तापक्रम जाँच) गरेर मात्रै अनुमति पाइने भयो ।

समन्वय समितिले तत्काल त्यसको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।