Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै



कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् ।

उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (MRNA) को सानो भाग भएको बताइएको छ । बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगबिरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।