विश्वकै ठूलो मध्यको एक मानिने बलिउड फिल्म उद्योगमा पनि विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव परेको छ । भारतको मुम्बईलाई बलिउडको राजधानी मानिन्छ । तर अहिले त्यहाँ फिल्म निर्माणका सबै गतिविधि ठप्प छन् ।
आइतबार मुम्बईमा फिल्म निर्मात, निर्देशक र फिल्म मजदुर युनियनको बैठकले आगामी मार्च ३१ अर्थात चैत १८ गतेसम्म कुनै पनि फिल्म रिलिज हुने छैनन् । भने सुटिङ लगायतका काम पनि अगाडि नबढाउने निर्णय समेत गरेको छ ।
आगामी बैठकले यो सहमति लाई निरन्तरता दिने वा नदिने भनेर पुनर्विचार भने गर्नेछ । भारतमा कोरोना भाइरसकै कारण महाराष्ट्र सहित दिल्ली लगायतका क्षेत्रमा स्कुल, फिल्महल, रंगशाला सहित शपिङ मल यसअघि नै बन्द गर्न सरकारले निर्देशन दिएको छ ।
















प्रतिक्रिया