Logo

विविध

पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गर्ने भारतीय नायिका पक्राउ



मुम्बई । भारतीय नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो बनाएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

भारतीय सञ्चारका अनुसार पोर्न भिडियो निर्माण गरी वेबसाइटमा राखेको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गहना वशिष्ठले ८७ वटा अश्लिल (पोर्न) भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।

जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैयाँ तिर्नुपर्छ । साउथको कयौं फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा देखिदै आएकी थिइन् । मिस एशिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा समेत अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।