टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् ।
शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । अस्पातलका अनुसार, ‘निमोनियाको उपचार गराइरहेका एक बिरामी हिजो बिना जानकारी निस्किएका हुन् । उनको दुई पटकसम्म कोरोना संक्रमणको जाँच गरिएको थियो । तर, दुवैको नतिजा नेगेटिभ आएको थियो ।’
अस्पातलका अनुसार अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने बताए ।
बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ । अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।
















प्रतिक्रिया