अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक जना कर्मचारीमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण २ सय ७५ जनाको मृत्यु भएको छ भने १९ हजार ७ सय ७३ जनामा कोरोनाको संक्रमण भएको छ ।
















प्रतिक्रिया