भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । शनिबार अपरान्ह सम्म भारतमा कोरोना संक्रमितको संख्या करिब ३०० नजीक पुगेको छ ।
शनिबार मात्रै भारतमा कोरोना भाइरसका नयाँ ३६ संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ३६ मध्य १३ जना महाराष्ट्र राज्यका छन् । यो सँगै महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ ।
मध्यप्रदेशको जबलपुरमा चार जना कोरोनाबाट संक्रमित भेटिएपछि शहरलाई ‘लकडाउन’ गरिएको छ ।
चीनको वुहानमा गत डिसेम्बरको अन्त्यतिर देखिएको कोरोनाको संक्रमण यतिबेला विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । हालसम्म विश्वभर ११ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ७७ हजार संक्रमित बनेका छन् ।
















प्रतिक्रिया