Logo

समाचार

कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या पाँच पुग्यो



भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मुम्बईको रिलायन्स अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

५६ वर्षका ती व्यक्ति मार्च २१ अर्थात हिजो (शनिबार) मात्रै अस्पतालमा भर्ना भएका थिए । महाराष्ट्रमा मात्रै अहिलेसम्म ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जस मध्ये १० जना नयाँ संक्रमित हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।