Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: ९ वर्षीय बालिकामा कोरोनाको संक्रमण



रुसको किरोभ शहरमा नयाँ दुई जनामा कोरोनाको संक्रमण देखा परको छ । नयाँ केस दर्तामा आमा र उनकी छोरी संक्रमणमा परेको रुसी क्षेत्रीय सरकारका प्रेस सेवाले रुसी सञ्चार माध्यमले तासलाई जनाएको छ । किरोभमा नयाँ केससहित कोरोना संक्रमित मानिसको संख्या पाँच पुगेको छ ।

परिक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण रहेको जनाइएको छ । किरोभमा रहेको पाँच जना संक्रमित मानिसहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

किरोभमा कोरोनाको पहिलो संक्रमण मार्च १६ देखिएको थियो । संक्रमणमा पर्ने पहिलो महिला जर्मन भ्रमण गरेर आएकी जनाइएको छ । किरोभलाई उच्च जोखिमको स्थान मानिएको छ । सम्पूर्ण इभेन्ट र खेलहरु बन्द गरिएको छ । उक्त क्षेत्रमा प्रवेश गर्ने सम्पूर्ण नागरिकलाई सरोकारवालासंग सम्पर्क गर्न क्षेत्रीय सरकारले निर्देशन दिएको छ ।

कोरोनाको संक्रमण विश्वभरका दुई लाख भन्दा बढी मानिसहरु प्रभावित भएका छन् । भाइरसको संक्रमण रुस लगायत एक सय ४० देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।