Logo

अन्तर्राष्ट्रिय

कोरोनाका कारण भारतमा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु



भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यससँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसअघि नेपालसँग सीमा जोडिएको बिहार राज्यमा पनि १ जनाको पनि ज्यान गएको थियो । आइतबार नै मुम्बईमा अर्का एक व्यक्तिको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आईतवार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।