Logo

प्रमुख समाचार

कोरोना भाइरस: सामाजिक सञ्जालमा भ्रम फैलाउने लाई कडा कार्वाही गर्न चापागाईंको आग्रह



नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को सम्बन्धमा सामाजिक सञ्जालमा भ्रम फैलाउने विरुद्ध कडा कार्वाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

अनलाइनपाना सँग कुराकानी गर्दै उपाध्यक्ष चापागाईंले कोरोना संक्रमणलाई लिएर संकटको सामना गर्नुपर्ने बेलामा सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामाग्री सामाजिक सञ्जालमा फैलाउने विरुद्ध कडा कार्वाही गर्नुपर्ने बताउँदै अनावश्यक भ्रम फैलाउने विरुद्ध कडा कार्वाही गर्नुपर्नेमा जोड दिए ।

‘कोरोना भाइरस महामारीको समयमा हल्ला, भ्रम आतंक फैलाउने खालका कुनै पनि सामाग्री सेयर गर्ने र भ्रम नफैलाउन समेत आग्रह गर्दछु ।’ उनले भने । कोरोनाबारे सकारात्मक समाचारलाई प्राथमिकता दिन समेत आग्रह गरे ।

कोरोना भाइरस नियन्त्रणको लागि शंकास्पदलाई कडा चेकजाँच गर्नुपर्नेमा जोड दिदैं स्वास्थकर्मीहरूलाई विशेष स्वास्थ उपकरण उपलब्ध गराउन समेत माग गरे । कोरोना नियन्त्रणको लागि अहिले सरकारले चालेको कदम सकारात्मक भएपनि त्यो कर्मकाण्डीय शैलीको रहेको समेत टिप्पणी गरे ।

यस्तो महामारीको समयमा समाजमा सचेतना फैलाउन सम्पूर्ण तरुण नेता कार्यकर्ता सहित पार्टीका सम्पूर्ण भातृ संगठन, नागरिक समाज, बुद्धिजीवी, राजनैतिकक दललाई समेत आग्रह गरे ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।